अन्तर्राष्ट्रिय

माली सेनाले देशको मध्य भागमा २०० भन्दा बढी विद्रोहीलाई मारे


१९ चैत, बामाको (माली) । माली सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा २०३ जना आतङ्ककारीलाई मारेको विभिन्न सञ्चार माध्यमले जनाएको छ।
यो अपरेशन मार्च २३(३१ मा मोरा क्षेत्रमा गरिएको थियो, एजेन्सी फ्रान्स-प्रेसले माली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ।
माली सेनाले पनि ५१ आतङ्ककारीलाई हिरासतमा लिएको छ र ठूलो संख्यामा हतियार बरामद गरेको छ।
सन् २०१२ मा तुआरेग लडाकूहरूले देशको उत्तरी भागमा ठूलो भूभाग कब्जा गरेपछि मालीको अवस्था अस्थिर भएको थियो। इस्लामवादीहरूको गतिविधि, लिबियाका पूर्व नेता मुअम्मर गद्दाफीप्रति वफादार सेना र फ्रान्सेली हस्तक्षेपका कारण द्वन्द्व झन् बढ्दै गएको छ।