बाग्मती

शाक्यमुनि बुद्धको ६ फुटको प्रतिमा अनावरण


२६ चैत, काठमाण्डौ । पाटनको मङ्गलबजार नःबहालस्थित पद्मवती महाविहारमा शाक्यमुनि बुद्धको छ फुटको प्रतिमा स्थापना गरिएको छ । श्री बज्रवीर महाङ्काल गुठी संरक्षण तथा टोल विकास समितिले स्थापना गरेको उक्त प्रतिमाको आज एक कार्यक्रमका बीच बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले अनावरण गरे । छ फिटको शाक्यमुनि बुद्ध, साढे दुई फुटको दीपङ्कर बुद्ध र सहस्रभुज लोकेश्वर प्रतिमा स्थापना समापन कार्यक्रममा संस्कृतिमन्त्री श्रेष्ठले महाविरको संरक्षणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिमा स्थापना समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, बागमती प्रदेशसभा सदस्य शोभा शाक्य, २० नं वडाका वडाध्यक्ष चन्द्रलाल महर्जनलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा दास संस्कार कोषमा सहायता पु¥याएका गुठियारलाईसमेत सम्मान गरिएको थियो ।