अन्तर्राष्ट्रिय

बाढीमा परी तेह्रको मृत्यु


२६ चैत, बोगोटा । कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ । त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको त्यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।

त्यहाँ अकस्मात भारी वर्षा सुरु भएको थियो । त्यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण त्यहाँको जनजीवन पनि प्रभावित भएको छ । वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै त्यहाँको मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाढीका कारण त्यहाँका कतिपय सडकहरुमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ ।