अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघले यमनमा शान्ति स्थापनाका लागि सघाउने


२ बैशाख, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले यमनमा शान्ति प्रक्रियाका लागि सहयोग गर्ने भएको छ । त्यहाँका राजनीतिक दलहरुको सहभागितामा हालै एक परिषद गठन गरिएको र सोही काउन्सिलमार्फत् यो सहयोग गरेका हुन् ।
यमनमा संयुक्त राष्ट्र संघको सहयोग र समन्वयमा प्रेडिसेन्सियल लिडरसिप काउन्सिल (पिएलसी) गठन गरिएको र सो परिषदमार्फत् शान्ति प्रक्रियाका लागि पहल गरिने भएको हो ।

यसैबीच यमनका राष्ट्रपतिले यमनमा गठन भएको प्रेडिसेन्सियल लिडरसिप काउन्सिल (पिएलसी)लाई आफ्नो शक्ति हस्तान्तरण गरेका छन् । उनले गरेको सो शक्ति हस्तान्तरणको प्रक्रियाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि स्वागत गरेको छ ।

विभिन्न सञ्चारमाध्यमहरुले यमनका राष्ट्रपतिले सो पिएलसीलाई शक्ति हस्तान्तरण गरेकामा सुरक्षा परिषदले स्वागत गरेको बताएका छन् । सो परिषदले बुधबार उक्त शक्ति हस्तान्तरणको स्वागत गरेको समाचारमा जनाइएको छ । यमनमा गहिरिँदै गएको राजनीतिक संकटको समाधानका लागि त्यहाँ संयुक्त राष्ट्रसंघको समन्वयमा उक्त पिएलसी गठन गरिएको छ ।

सोही परिषदमार्फत् यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले पनि पहल गर्ने जनाएको हो । सो पिएलसीले त्यहाँका राजनीतिक दलहरुको सहभागिता र समन्वयमा राजनीतिक संकट समाधानका लागि काम गर्नेछ । त्यहाँ निर्वाचन गर्नका लागि पनि यही संरचनाले भूमिका खेल्ने बताइएको छ ।

संयुक्त राष्ट्रसंघले यस पिएलसीमा यमनका सबै राजनीतिक शक्तिहरुलाई समेटेर त्यहाँ रहेका समस्या समाधान गर्ने र उनीहरुकै सहमति र समन्वयमा काम गर्ने बताइएको छ । त्यहाँ केही वर्ष यतादेखि राजनीतिक संकट बढ्दै गएको छ । जसका कारण त्यहाँ हिंसा समेत जारी रहेको बताइएको छ ।यस पिएलसीले त्यहाँको द्धन्द्धको समाधानका लागि पनि एक वार्ता टोली गठन गरी त्यहाँका विद्रोही र विपक्षीहरुसँग वार्ता अघि बढाउने बताइएको छ ।

शान्तिपूर्ण रुपमा त्यहाँका समस्याहरुको समाधान गरी आगामी दिनमा उचित वातावरण निर्माण गरेर यमनका राष्ट्रपतिको निर्वाचन गर्नेसम्मको काम यस पिएलसीले गर्ने बताइएको छ । उक्त परिषदले यमनमा जारी रहेको मानवीय संकटको समाधानका लागि पनि आवश्यक पहल गर्ने जनाएको छ ।

त्यहाँ खाद्यान्न लगायतका अन्य न्यूनतम आवश्यकताको परिपूर्ति पनि हुन नसक्दा मानवीय संकट परेकाले त्यसको समाधानका लागि संयुक्त राष्ट्रसंघ र यमनको सरकारलाई आग्रह गर्ने जनाएको छ ।