कृषि

दिगो अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास गरिने : कृषिमन्त्री मगर

४ वैशाख, मोरङ । प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुका लागि आवश्यक पदार्थ उत्पादन गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताएका छन ।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको आज यहाँ आयोजित प्रदेशस्तरीय भेला शुभारम्भ गर्दै उनले सरकारले कृषिलाई व्यवसायीकरण गरी कृषि तथा पशु पन्छीका लागि अवश्यक वस्तुको उत्पादन वृद्धि गरी आयात निरुत्साहित र निर्यातमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एशोसिएशनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले कृषि र पशुपालन क्षेत्रमा ६० प्रतिशत जनता आबद्ध भएकाले यस पेशालाई सम्मानजनक बनाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । 
भेलामा प्रदेशका १४ जिल्लाका २०० जना प्राविधिकको सहभागिता रहेको छ । भेलाले कृषि तथा पशुपक्षी क्षेत्रको उत्पादनमा वृद्धि गर्न आवश्यक रणनीति तयार गर्ने जनाइएको छ ।