बाग्मती

पियोर स्टाईलिस नेशलन ब्राइडल मेकअप कम्पिटिसन हुँदै

११ बैशाख, काठमाडौं । बैशाख लागेसँगै अहिले विवाहको मौसम चलिरहेको छ । यसै अवसरमा ब्युटिसियनहरुको व्यक्तित्व विकाशसँगै बेहुली सृँगार गर्ने सीप प्रस्तुतिको लागि ‘पियोर स्टाईलिस नेशलन ब्राइडल मेकअप कम्पिटिसन–२०२२’ आयोजना हुने भएको छ ।
ललितपुरको कुमारी पाटीमा रहेको पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरले यो प्रतियोगिताको आयोजना गर्न लागेको छ । प्रतियोगितामा भाग लिन चाहनेहरुका लागि फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष एवम् ब्युटिसियन रिना अवालेले बताएकी छिन् । जसकालागि बैशाख १८ गतेसम्म पियोर स्टाईलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा सम्पर्क गरेर प्रतियोगीका लागि फारम भरिसक्नु पर्ने छ । प्रतियोगितामा सहभागीहरुको यही बैशाख १९ गते अडिसन लिने भएको छ । त्यसपछि २० गते देखि २२ गतेसम्म तीन दिन विभिन्न प्रशिक्षण दिइने भएको छ । यो प्रतियोगिताको फाईनल यही बैशाख २३ गते शुक्रबार ललितपुरको कुपन्डोलमा हुने भएको छ ।
सो क्रममा प्रतियोगीहरुलाई ब्राईडल जुरो, रशियन हेयर जुरो, ब्राईडल मेकअप, रिसेप्सन पार्टी मेकअप, ब्राईडल नेल अर्ट, ब्राईडल मेहेन्दी आर्ट, ग्रुमिङ, पर्सनालिटी डेभलपमेन्ट, वेडिङ ड्रेस सेन्स, सारी अता अन्य बेहुली ड्रेस लगाउने सिकाउने जस्ता विभिन्न प्रशिक्षण दिईने भएको छ ।
‘तीन दिनको प्रशिक्षण पछि बल्ल हामी प्रतियोगीहरुलाई ब्राईडल मेकअप कम्पिटीशनको फाईनलमा उतार्ने छौं । त्यसपछि विभिन्न टाईटलमा अवार्ड र पुरस्कार सहित विभिन्न असर पनि प्रदान गर्ने छौं ।’ आयोजक रिनाले भनिन् ।
यो प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँ नगद, ट्रफी सहित विभिन्न उपहार र केराटिन ट्रिटमेन्ट सम्बन्धि २ दिनको स्पेश कोर्ष, फस्ट रनर अपले विभिन्न उपहार सहित दुई दिनको केराटिन ट्रिटमेन्ट कोर्ष र सेकेन्ड रनर अपले पनि विभिन्न उपहार सहित दुई दिनको केराटिन ट्रिटमेन्ट कोर्ष सुविधा प्राप्त गर्नेछन् । त्यसपछि पनि प्रतियोगीहरुलाई विभिन्न अबसर आफ्नो ब्युटी पार्लरले प्रदान गर्ने पनि उनले बताएकी छिन् ।