प्रदेश 1

पार्टी निर्णय बिपरीत उम्मेद्वारी दिनेलाई साधारण सदस्य नरहनेगरी कारबाही हुन्छः सुनसरी काँग्रेस

१४ बैसाख, इनरुवा । नेपाली काँग्रेस सुनसरीले काँग्रेसमा बसेर बागी उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरेको छ ।
पार्टी निर्णय बमोजीम उम्मेद्वारी दिएकालाई समर्थन नगरी स्वतन्त्र उम्मेदारी दिए पार्टीले कारबाही गर्ने चेतावनी दिँदै पार्टीले बिधानबिपरीत काम गर्नेलाई कारबाही गर्ने बताईएको छ ।
सुनसरी सचिव बिरेन्द्र शाहले बिज्ञप्ती जारी गर्दै पार्टी बिपरीत कार्य गर्नेलाई काँग्रेसको साधारण सदस्य पनि नरहनेगरी कारबाही गर्ने बताएका छन् ।
सुनसरीको बिभिन्न स्थानमा काँग्रेसका बागी उम्मेद्वार उठेको अवस्थामा काँग्रेस जिल्ला कार्यसमितिले चासो राखेको हो ।