प्रदेश 1

बराहक्षेत्र एमालेमा भूईचालो, एमालेका हस्ती राजु अधिकारीले दिए खनालबिरुद्ध मेयरमा उम्मेद्वारी

१४ बैसाख, काठमाडौं । मेयरको पुरा ५ बर्ष काम गर्ने मौका पाएपनि केही काम गर्न नसकेको आरोप लगाउँदै सुनसरी एमालेका स्थानीय नेता समेत रहेका वराहक्षेत्र–५ का निवर्तमान वडाध्यक्ष राजु अधिकारीले स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा फुटेर नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी पार्टी भएका बेला आइतबार वडाध्यक्ष पदबाट राजीनामा दिएका अधिकारीले सोमवार मेयर पदमा उम्मेदवारी दिएका हुन् ।
पटक पटक कम्युनिष्टले जितेको वडामा जनप्रिय रहेका अधिकारीले नेकपा एमालेका तर्फबाट वराहक्षेत्र नगरपालिकाका मेयरमा उम्मेदवार एवम् निवर्तमान मेयर निलम खनालको पार्टी भित्र ज्यादती र अकुत पैसा भ्रष्ट्राचार गरेको उनको विरुद्ध आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिन बाध्य बनेको बताएको समाचारमाद्यमहरुले जनाएका छन् ।
अधिकारी आफ्नो उम्मेदवार निलम खनालको विरुद्ध भएको बताए । अधिकारी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि भरौल गाविसको वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र–५ को वडाध्यक्षमा एमालेबाट लोकप्रिय मत सहित निर्वाचित भएका थिए ।
नेकपा एमालेका मेयर निलम खनाललाई हराउने अभियानमा राजु अधिकारी लागेका छन् । राजु अधिकारीको बिजय नभए त्यसबाट काँग्रेस उम्मेद्वारलाई फाईदा हुने स्थानीयजनको बिश्लेषण छ ।