विचार/ब्लग

मतदान गर्न लाग्ने पाँच मिनेटको समयले पाँच वर्ष नपछुताउनुस्

निशा राई /मेरो देश अहिले स्थानीय तहको निर्बाचनले चुनावीमय बनेको छ । भनौ अहिले ७७ वटै जिल्लामा चुनावी प्रचार प्रसारले रौनक छरिहेको छ । स्थानीय चुनावले कस्तो प्रतिनिधि चुन्छ थाहा छैन तर जहाँ सम्म लाग्छ राजनीति बुझेकैलाई चुन्छ । वडा, गाउँ, नगर, महानगरमा मेयर, उपमेयर, प्रमुख, उप–प्रमुख, वडाध्यक्ष, सदस्यहरुमा उम्मेद्वारी दिनुभएकाहरुप्रति अग्रीम शुभकामना छ । पढेलेखेकी पुर्वी पहाडकी नारी हुँ राजनीति राम्ररी बुझेकी छैन र जान्दिन पनि कहिले काँहि अरुले गरेका कृयाकलाप हेर्छु मान्छेहरु भन्छन त्यै हो राजनीति अनि म अचम्म पर्छु अरे यो त सामान्य हो हरेक कुराको सेटिङ मिलाउने त रहेछ ।

‘नेवार’ समुदायको बाहुल्यता भएको स्थानीय तहमा काम गर्ने ‘राई’लाई विजय गराउन पछि नपरौं


कुर्सी पुग्न त्यति गर्नलाई तँछाड-मछाड गर्नु पर्छ र ? स्थानीय चुनाव हुन केहि दिन मात्र बाँकि छ, मतपत्र छापिई सक्यो, मत पेटिका आइसक्यो तर काँग्रेस, एमालेलगायतका दलहरु आफ्नो पार्टीलाई कसरी विजयी गराउने भन्दै प्रतिष्पर्धा गर्न ब्यस्त छन् । पार्टीहरुबीच स्थानीय निर्वाचनआफ्नो हातमा लिन दोहोरी नै चलिरहेको छ । देश र जनता के हो भनी कसैले मलाई प्रश्न गरे मसंग त्यसको जवाफ छैन, मात्र उम्मेद्वारहरुलाई पद कताबाट आफ्नो पकटमा पर्छ भन्ने ध्याउन्नमा भएको देखेकी छु । मेरो विचारमा राजनीति एउटा धर्म जस्तै हो, त्यसैले धर्ममा जस्तै एउटा पार्टीमा आवद्ध हुनुपर्छ । धर्ममा जसरी विश्वास गरिन्छ पार्टीको पनि सिद्धान्तलाई मान्नु पर्छ । बहुदलीय प्रजातान्त्रीक ब्यवस्थामा हामीले आफ्नो हक अधिकारकै लागि भए पनि एउटा राजनीतिक दलसंग जोडिनुपर्छ ।
अहिलेको परिस्थिति हेर्दा मलाई के लाग्छ भने हामीलाई सबै धर्म मन पर्छ तर हामी सबै धर्म मान्न सक्दैनौ । मलाई नेपालको सबै धर्म मन पर्छ विश्वास पनि लाग्छ तर त्यसमा पनि कुन धर्मको धेरै विश्वास लाग्छ भन्ने हुन्छ । पार्टीमा अहिले त्यस्तै भईरहेको छ जस्तो लाग्छ मेरो विचारमा सत्ता गठबन्धन हुदा कतिले पार्टी छाडे कतिले अझै आलोचना गरिरहेका छन अझै पनि । उता सत्ता गठबन्धन हुन कुरा नमिलिरहेको बेला नयाँ तीन दलको सघाउने गठबन्धन यसरी अन्तिम अवस्था सम्म आईपुग्दा पनि ठूला ठूला पार्टीहरुको यस्तो चालले जनता आक्रोस हुन सामान्य हो जस्तो लाग्छ । २०७४ सालको स्थानीय चुनाव संगै गाउँ गाउँमा सिंहदरबार भनेको सुनेको थिए र दखिए पनि गाउँमा भन्दा पनि काठमाण्डौमा सिंहदरबार नै देखे कुनै ठाउँमा दरबार देखे कतिपय ठाउँमा दरबार हैन घरभित्र सिंह मात्र देखें । अहिलेको चुनावी माहौल के कसरी हुदैछ थाहा छैन तर २०७४ को चुनावी माहौल अझै ताजै छ । गाउँमा थरि थरिका पार्टी, व्यक्तिहरु भोट माग्न आएका थिँए, कतिले धम्काएर थर्काएर गए कतिले नबोलेरै गए कतिले हाम्रो पार्टी यो है यो चिन्हमा छाप लाएर जिताउनुस् हामी यो गर्छौ भनेर आश्वसन दिएर गए । कसैले जिते, कसैले हारे, जित्ने पाँच बर्षसम्म सम्झिन आएनन्, हार्ने पनि कता हराए फेरि सुरु भयो घरदैलो कार्यक्रम ।
हामी नेपाली जब अप्ठ्यारो आई पर्छ अनि मात्र अतिन्छौ के गर्ने कसो गर्ने तम्सिन्छौ पूर्व तयरी कहिलै गर्दैनौ त्यसैले हरेक कुरा घरायसी कार्य होस् या देश हाक्ने कार्य ढिलासुस्ति गर्नाले कतै काम नहुने होकी सफल नहुने पो हो की भनेर अलमल गर्छौ । २०७४ सालको स्थानीय निर्बाचन, प्रदेश र प्रतिनिधि सभा निर्बाचनपछिका राजनीतिक गतिबिधिपछिका पाँच वर्षको अन्तरालमा देशले ठूलो क्षति खेप्नु पर्यो । हत्या, हिंसा, बलात्कार, बेरोजगारी, विकृति संगै विश्व महामारी कोभिड–१९ ले अत्यन्तै प्रभावित बनायो । स्थानीय तहको निर्वाचन पछि जनताले आफुले भोट दिएर जिताएको जनप्रतिनिधिले के के गरे राम्ररी नियाल्नै पाएनन् । चुनाव पछिको दुई वर्ष केहि गर्दैछौं है, तपाईहरुको यो यो ठाउँको योजना परेछ छिट्टै हुन्छ भनेर आशा देखाएका ती जनताले चुनेका नेताहरुले कोरोनाका कारण देखाई जनताले टिपेर पठाएका सामान्य योजनाहरुलाई पन्छाउँदै जना थाले दुई वर्ष योजना बनाए दुई वर्ष कोरोनाले खाए यता मुख्य सिंहदरबारमा कुर्सीको लागि पुन लडे उता स्थानीय स्तरको सिंहदरबारमा कतिपय सिंहहरुले रजाई गरे अन्नतः जनता उहि ठाउँमा ।
२०७४ सालको चुनावमा कतिले भोट लगाउन नजानेर कति भोट बदर भयो अनि जनता र कार्यकर्ता रिसाए तर चुनाव आउनु अगावै अपहलेपनि सिकाउनु पर्छ भनेर साचेनन् अहिलेपनि प्रभावकरी रुपमा सिकाईएको छैन । सत्तारुढ दल काँग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी दल, राजपा, संयुक्त जनमोर्चा दलहरुबीच गठबन्धन गरेर अघि बढ्ने भनि सहमति भए पनि व्यवहारमा भने एक पार्टीका कार्यकर्ता, शुभेच्छुकले अर्को पार्टीका नेतालाई अर्का चुनाव चिन्हमा मत हाल्लान र नेताहरुले गरेका गठबन्धनको निर्णय लागु नहोलाकि भन्ने देखिन्छ । अस्ति सम्म ठिकै रहेको छरछिमेक अनि दाजुभाईको सम्बन्ध जब चुनाव आयो एक जुट हुनुको साट्टो टुक्रिए, बाडिए, छुट्टिए हिजो सम्म फलना, जेठ्ठा, माइला, कान्छा भनेर बोल्दै गरेका छिमेकी अनि दाजुभाई चुनावले नाम फेरियो त्यो त कांग्रेस हो, एमाले हो माओवादी हो जसपा हो यति मात्र हैन एक दुई वर्ष सम्म बोलचाल नै बन्द हुन्छ । यस्तो हुनुमा कस्को कमजोरी ? सामान्य मनमुटाव हुदा पार्टी छोडेर अर्कोमा जाँदा अर्को पार्टी यती खुशी हुन्छ कि अब निर्बाचन नै जितियो, कि घरमा नयाँ सन्तान आयो अब केहि हुन्छ , तर यो सोचेको हुदैन कि यसरी पार्टी छोड्ने, त्याग्नेले भोलि हाम्रो पार्टीलाई पनि त्याग्छ । विचार वा काम भन्दा पनि पदको लागि ज्यान फाले जस्तो देखिन्छ हाम्रा नेता ज्यूहरुको पारा देख्दा । कुनै राम्रो काम गर्नलाई ठूलो पद चाहिएला राम्रै पद चाहिएला तर कामकै लागि भने पद जरुरी भने पक्कै हैन ।
पार्टीहरु फुटेपनि, छुटिएर गए पनि नेताहरु भोलि गएर एक हुन्छन् नै, बिचार मिल्ने कम्युनिष्टहरु एक हुन्छन् हुन्छन्, उहीहरुले हामी जनतालाई मूर्ख बनाईरहेका छन्, नमिलि सुख पनि त छैन । जनतालाई मुर्ख बनाउादै, अगाडि एउटा कुरा जब ढाड फर्कायो अर्कै कुरा गरेर राजनीति भित्र फोहोरी खेल घुसाएर काहाँ बन्छ त नेपाल । त्यसैले यसपालिको तपाईहरुको भोट त्यसलाई दिनुस् जस्ले तपाईहरुको वर्तमानका व्यक्तिगत सम्स्यालाई हैन भोलि गएर तपाईका अर्को पुस्ताले इतिहास पल्टाएर हेर्दा गर्व गरुन् । एउटै घरका दाजु भाईले फरक फरक पार्टीका झण्डा बोकेर हिँडे पनि त्यो घरमा ती दूई भाई कै लागि खाना पाकोस् । फरक पार्टीका फरक झण्डा होलान्, फरक सिद्धान्त होलान् तर आफ्नो परिवारबाट एउटै व्यवहार अनि साथ पाउन् । सबैलाई सम्मान व्यवहार गर्ने सबैको समस्यालाई हल गर्दिने मान्छेलाई आफ्नो अमूल्य भोट दिनुहोस् तपाईहरुको अधिकार आफ्नै हातमा छ । आफ्नो गाउँ ठाउँको विकासलाई सम्झिनुस आजलाई हैन भोलिलाई हेर्नुस । बहुजाति, बहुभाषी भएको देशमा आज तपाईको ठाउँमा नेवार नै नेवार समुदायको बीचमा एउटा हिम्मत साहस लिएर त्यो ठाउँको विकास गर्ने हेतुले राई जातिका व्यक्तिले नेतृत्वदायि भूमिका निर्वाह गरिरहेका उम्मेदवारि छन् भने तपाईलाई विश्वास छ भने जिताउनुस तपाईले काठमाण्डौका नेवारलाई सम्झेर नै राई लाई नै भोट नगर्नुस् आफ्नो गाउँ हेर्नुस ठाउँ हेर्नुस्, त्यति पनि हुदैन भने भोलिको तपाईको पुस्तालाई हेर्नुस सम्झनुस्, जातीयतामा होईन्, क्षमतामा बिश्वास गरेर आफ्नो स्थानीय तहको समग्र विकास गर्नेलाई मतदान गर्नुस् । मतदान गर्न लाग्ने पाँच मिनेटको समयले पाँच वर्ष नपछुताउनुस्, यानिकी पाँच बर्ष भनेको कम समय होईन । पार्टी भन्दा ठूलो देश हो, ब्यवस्था भन्दा ठूलो मान्छे हो, देश बचाउनुस् , आजैदेखी लाग्नुस्, गर्वले भन्न पाउँ यो मेरो देश नेपाल ।