प्रदेश 1

बराह क्षेत्र ६ र ८ बाट काँग्रेसका खरेल र थापाले लिए स्वतन्त्र उम्मेद्वारी फिर्ता, आधिकारीक उम्मेद्वारको बिजय निश्चित

१६ बैसाख, चक्रघट्टी । बराहक्षेत्र ६ र ८ मा काँग्रेसबाट स्वतन्त्र उम्मेर्द्वारी दिएका दुर्गादेवी खरेल र खेम थापाले उम्मेद्वारी फिर्ता लिएका छन् ।
आज सम्म फिर्ता लिने समय भएकाले वडा नम्बर ८ का सभापतिसमेत रहेका खेम थापाले आज उम्मेद्वारी फिर्ता लिएका छन् । उनले वडासभापतिसहित काँग्रेसको साधारण सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
आज प्रदेश प्रतिनिधिसमेत रहेकी दुर्गादेवी खरेलले वडा नम्बर ६ बाट उम्मेद्वारी फिर्ता लिएकी हुन् ।
वडा नम्बर ६ बाट बर्तमान वडाध्यक्ष उद्धब पोख्रेलले उम्मेद्वारी दिएका छन् भने वडा नम्बर ८ बाट रोसन खड्काले आथिकारिक उम्मेद्वारी दिएका छन् ।
स्वतन्त्र उम्मेद्वारले पार्टीका आधिकारीक उम्मेद्वारलाई समर्थन गर्दै फिर्ता लिएपछि आधिधकारीक उम्मेद्वारको बिजय निश्चित भएको स्थानीय काँग्रेस नेताहरु बताउँछन् । वडा नम्बर ७ पछिल्लो समय काँग्रेसका लागि धेरै राम्रो हुँदै गएको देखिएपछि स्वतन्त्र उम्मेद्वारी फिर्तापछि ६, ७ र ८ नै बिजय हुने बताईएको छ ।

११ वडा वडा भएको पर्यटकीय नगरी बराहक्षेत्रको वडा नम्बर १० मा नबराज बस्नेत र वडा नम्बर ११ मा आजाद अन्सारीले भने स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएका छैनन् ।
नेपाली काँग्रेसका प्रभावशाली नेता एबम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्बाचन क्षेत्रमा पर्ने बराहक्षेत्र को नगर पनि काँग्रेसमय हुँदै गरेको स्थानीय राजनीतिक बिश्लेशकको दाबी छ ।