प्रदेश 2

मो.सा.चोरी अभियोगमा ३ जना पक्राउ


१८ वैशाख, पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.५ कुम्हाल टोल बस्ने वर्ष ६२ को हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको कालो रंगको FZ मोटरसाईकल आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट जि.पर्सा वी.म.न.पा.वडा नं.१० रानीघाट १८ वर्षी कुन्दन साह र जि.रौतहट राजदेवी न.पा.वडा नं.७ १८ वर्षीय( रक्की) राहुल सिंहले चोरी गरि भग्दै गरेको अवस्थामा
अस्थायी प्रहरी पोष्ट शिवपार्वतीबाट खटिएको चेकिङ टोलीले नियन्त्रणमा लिएको छ । उत्त अभियुक्तलाई चोरी कसूरमा अनुसन्धान भैरहेको छ ।

पर्सा ठोरी गा.पा.वडा नं.१ बस्ने वर्ष ४० को शिवशंकर मण्डलको बा.प्र.०३ प ५३०४ नम्बरको रातो कालो रंगको सुपर स्प्लेण्डर मो.सा.घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडी चोरी गरि २५ वर्षीय निरज सुनुवारले आफ्नो घरमा त्रिपाल र प्लाष्टिकले लुकाइछिपाई राखिएको अवस्थामा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले मो.सा. र निरज सुनुवारलाई नियन्त्रणमा लिएको छ । उत्त अभियुक्त माथि चोरी कसूरमा अनुसन्धान भैरहेको जनाइएको छ ।