प्रदेश 2

बिकास र परीवर्तनको शहरुको लागि एमालेले नै चुनाव जित्नुपर्ने : सरावगी


२४ बैशाख, वीरगञ्ज । वीरगञ्जमा नेकपा एमाले र लोसपा गठबन्धनको चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई पार्टीले तिब्रता दिएको हो ।

आज वीरगञ्ज महानगरपालिकाका मेयर पदका बिजय कुमार सरावगी तथा उपमेयर पदका उम्मेद्वार पुरुषृोतम लाल झासहितको टोलिले वडा नं. १० मा जनतादर्शन तथा घरदैलो गरेको छ । सयौं नेता तथा कार्यकताहरुको उपस्थितीमा गरिएको घरदैलो कार्यक्रममा सुर्य चिन्हमा मतदान गरी एमालेलाई जिताउन आह्वान गर्नुका साथै नागरिकहरुका समस्या तथा गुनासाहरुको बारेमा पनि जानकारी लिईएको छ । वीरगञ्ंज महानगरापकिाको एमालेका तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका बिजय कुमार सरावगीले वीरगञ्ंजलाई नेपालमै बिकास र परीवर्तनको शहरुको रुपमा बिकास गर्नको लागि एमालेले नै चुनाव जित्नुपर्ने जिकिर गरेका छन् । उनले सबै प्रकारको समृद्धि अहिलेको आवश्यकता भएको धारणा राख्र्दै आफु बाहेकको जसपाले मेयर जितेमा बीरगंजको बिनास हुने र नगरबासीको हितमा नभएर ठेक्का र पैसा कमाउने काम बाहेक अन्य काम केही नहुन जिकिर समेत गरे । उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको पार्टी एमाले भएकाले एमालेमा आउनेको लहर लागेकाले एमालेको जित निश्चित रहेको बताए । यसैगरी एमाले वडा नम्बर ११, १२ र १३ वडाले आयोजना गरेको सुयुत्त, घरदैलो कार्यक्रम एवं मुली चोकमा आयोजित कोण सभा सम्पन्न भएको छ । कार्यक्रममा उपप्रमुखका उम्मेदवार लोसपाका नेता पुरुषृोतम लाल झाले अराजनीतिक ब्यक्तिहरुले नपामा अनेक बहाना बनाएर शासन गर्ने भ्रम फैलाए पनि त्यसले पूर्णता नपाउने जिकिर गरे ।