राजनीति

इमानदार समाजमा कसैले निगरानी नगरे पनि नागरिकले आफ्नो कर्तव्य पूरा गर्छन्ः अध्यक्ष मिश्र

२९ बैसाख, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले दायित्वशील र इमानदार समाजमा कसैले निगरानी नगरे पनि अधिकांश नागरिक स्वस्फूर्तरुपमा आफ्नो कर्तव्य पूरा गर्ने दाबी गरेका छन् ।
उनले स्थानीय तह निर्बाचनको अघिललो दिन ट्वीट गर्दै आफ्नो दायित्व पुरा नगर्ने, अरूको दायित्वरइमानदारीमाथि सधैँ प्रश्न गर्ने समाजको रूपान्तरण कठिन हुने बताउँदै उक्त दाबी गरेका हुन् ।
उनले ट्वीटमा देशको कानुनले मात्र समाज सुसंस्कृत र अभ्रष्ट हुने होइन भनेका छन् ।
निर्बाचनको अघिल्लो दिन बिभिन्न बिशिष्ट ब्यक्तीहरुलेसमेत निर्बाचन आचारसंहिता उलंघन गरेको घटनासँग संकेत गर्दै अध्यक्ष मिश्रको उक्त ब्यंग्य आएको हुनसक्छ ।

अध्यक्ष मिश्रको ट्वीटः आफ्नो दायित्व पुरा नगर्ने, अरूको दायित्वरइमानदारीमाथि सधैँ प्रश्न गर्ने समाजको रूपान्तरण कठिन हुन्छ। दायित्वशील र इमानदार समाजमा कसैले निगरानी नगरे पनि अधिकांश नागरिक स्वस्फूर्तरुपमा आफ्नो कर्तव्य पूरा गर्छन्। देशको कानुनले मात्र समाज सुसंस्कृत र अभ्रष्ट हुने होइन।