समाचार

प्रधानमन्त्री देउवाद्वारा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोला माध्यामिक विद्यालयबाट मतदान


३० वैशाख, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान मतदान गरेका हुन् ।