३० वैशाख, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय भवन अमिलटार केन्द्रबाट मतदान गरेका छन् ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको पचाल झरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालय कोटिला केन्द्रबाट मतदान गरे। यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको अमलाचौर र नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका दल नेता दीनानाथ शर्माले पनि सोही स्थानबाट मतदान गरेका छन् ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दीबास नगरपालिका–३ दुधेश्वरी प्रावि रजबासबाट मतदान गरेका छन् ।





