प्रदेश 1

बराहक्षेत्र नगरपालीकाको मतगणना शुरु, केहीबेरमा आउँदैछ प्रारम्भीक मतगणना बिबरण

३१ बैसाख, चक्रघट्टी । बराह क्षेत्र नगरपालीकाको मतगणना भर्खरै शुरु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालीकाका ११ वटा वडा मध्ये १ नम्बर वडाबाट मतगणना शुरु भएको मतगणमा सहभागी एक ब्यक्तीले बताएका छन् ।
नेकपा एमालेको गण मानिने बराहक्षेत्रमा नेकपा एमालेका तर्फबाट बिजय भएका निलम खनाल बिबादमा आएका र आफुहरुलाई जनताले बिश्वास गरेर जिताउने काँग्रेस उम्मेद्वारले दाबी गरेका छन् ।
०७४ सालको स्थानीय निर्बाचनमा केही वडाबाहेक सबै स्थानमा बिजय हाँशिल गरेको एमाले फुट र जनतासँग कबुल गरेका काम पुरा गर्न नसकेका कारण कमजोर छ ।
बराहक्षेत्र नगरपालीकामा सञ्चारमन्त्री एबम् काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीका ६ वटा वडा पर्छन भने बाँकी ५ वटा वडा भने धरानतिर रहेका छन् ।
काँग्रेसबाट बराहक्षेत्र नगरपालीकाका सभापति रमेश कार्की निबर्तमान मेयर निलम खनालसंग प्रतिस्पर्धामा छन् । नगरपालीकाको कार्यालयमा मतगणनाको कार्य भईरहेको छ ।