प्रदेश 1

इटहरी उपमहानगरमा काँग्रेसका हेमकर्ण पौडेलले लिए अग्रता

३१ बैसाख, काठमाडौं । इटहरी उपमहानगरको मत परिणामअनुसार काँग्रेसका हेमकर्ण पौडेलले ६८ सय ८२ मतसहित अग्रतान कायम गरेका छन् ।
उनले याम शुब्बाले ५४ सय १३ मतसहित पछ्याएका छन् । नेकपा एसकातर्फबाट केशव बिष्टलाई उपमेयर दिईएको छ । उपमेयरका प्रत्याशी सुब्बा राष्ट्रिय खेलकुद परिषदका पुर्ब सदस्यसचिवसमेत हुन् ।
सुनसरीको महत्वपूर्णमात्र नभएर इटहरी पुर्वको राजधानीको रुपमासमेत हेरिएको छ । यसभन्दा अगाडीको स्थानीय निर्बाचनमासमेत मेयरका प्रतयाशी रहेका पौडेल इटहरीका बर्तमान नगरसभापतिसमेत हुन् । इटहरीमा २० वडा छन्। यसभन्दा अघीको स्थानीय निर्बाचनमा एमालेकातर्फबाट द्वारीका चौधरी बिजयी भएका थिए ।