प्रदेश 1

डा शेखरको गृहनगर बिराटनगर महानगरमा काँग्रेसका नागेशको अग्रता

३१ बैसाख, काठमाडौं । बिराटनगर महानगरको मेयरमा नेपाली काँग्रेसका तर्फबाट मेयरको उम्मेद्वार बनेका नागेश कोईरालाले अग्रता कायम गरेका छन् ।

नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाको गृहनगर पर्ने बिराटनगरको मेयरमा १२ सय मत गणना गर्दा कोईरालाले ४३४ मतसहित अग्रस्थान कायम गरेका छन् ।
अर्का नेकपा एमालेका तर्फबाट मेयरको उममेद्वार बनेका सागर थापाले ३१६ मतसहित दोस्रो स्थान कायम गरेका छन् ।
पमेयरमा नेकपा एमालेकी उमेदवार शिल्पा कार्कीले ३ सय ६५ र गठबन्धन तर्फका उपमेयरका उमेदवार अमरेन्द्र यादवले २ सय ६ मत ल्याएका छन् ।
एक लाख ३३ हजार १४२ म रहेको बिराटनगर महानगरमा १, २, १६, १७, १८ र १९ वडाको मत गणना भईरहेको छ ।
यसभन्दा अगाडी पनि भीम पराजुली बिराटनगर महानगरको मेयर भएका थिए ।