प्रदेश 1

बराहक्षेत्र नगरपालीकाको प्रारम्भीक मतगणनाअनुसार मेयरमा काँग्रेसको अग्रता

३१ बैसाख, चक्रघट्टी । बराहक्षेत्र नगरपालीकाको मतगणना गर्दा वडा नम्बर १ का वडाध्यक्षतर्फ काँग्रेस र एमालेलाई ८४/८४ मत आएको छ भने मेयरमा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।
पछिल्लो मतपरिणमअनुसार २०० मतगणना गर्दा नेपाली काँग्रेसको रुख चिन्हमा ८३ मत आएको छ भने नेकपा एमालेको सुर्य चिन्हमा ७१ मत आएको छ ।
यसअघिपनि काँग्रेसले जितेको वढा नम्बर १ मा वडाध्यक्षमा तीब्र प्रतिस्पर्धा देखिएको छ भने नेकपा एमालेले बिजय हाँशिल गरेको बराहक्षेत्र नगरमा काँग्रेसले प्रारम्भीक रुपमा एमालेसँग अग्रता लिएको छ ।
बराहक्षेत्रका ११ वटा वडामा ४३ हजारभन्द्या बढी मत खसेको अवस्थामा भर्खर १ नम्बर वडाको मतगणना हुँदैछ ।