राजनीति

डा आचार्यको भबिस्यबाणी: काँग्रेस/एमालेले दलको उपचार गरुन्, नत्र यो लहर अर्को चुनावमा बढ्नेछ, घट्दैन

१ जेठ, काठमाडौं । राजनीतिक बिश्लेशक एबम् पुर्वाधारविद डा सुर्यराज आचार्यले नेपाली काँग्रेस र एमालेले आफ्नो पार्टीलाई लागेको रोग उपचार गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।
उनले ट्वीट गर्दै दलको उपचार गरुन्, नत्र यो लहर अर्को चुनावमा बढ्नेछ भन्ने बताएका छन् ।
डा आचार्यले काठमाडौं महानगरको मेयर उम्मेद्वारमा बालेनले अग्रता कायम गरेको बिषयमा लेख्दै भनेका छन्, ‘बालेनको जित नै भयो भने पनि नेकांरएमालेका कार्यकर्ता आत्तिन जरुरी छैन। यी दललाई गंभीर रोगलागेको छ, तर नेतारकार्यकर्तामा रोगको उपचार प्रति कुनै दिलचस्प थिएनरछैन।’
उनले बालेनले पाएको मत यी दलको रोग प्रष्टसँग देखाउने ‘एक्सरे’ भएको टिप्पणी गरेका छन् ।
काठमाडौं महानगरमा पछिल्लो मतगणना परिणमा अनुसार बालेन शाहको अग्रता एमालेका केशव स्थापीत र काँग्रेसकी श्रृजना सिंहभन्दा निक्कै अगाडी छ ।

डा. आचार्यको ट्वीटः बालेनको जित नै भयो भने पनि नेकांरएमालेका कार्यकर्ता आत्तिन जरुरी छैन। यी दललाई गंभीर रोग लागेको छ, तर नेतारकार्यकर्तामा रोगको उपचार प्रति कुनै दिलचस्प थिएनरछैन।
बालेनले पाएको मत यी दलको रोग प्रष्टसँग देखाउने ‘एक्सरे’ हो। दलको उपचार गरुन्, नत्र यो लहर अर्को चुनावमा बढ्नेछ, घट्दैन।