प्रदेश 1

धरान उपमहानगर–१ मा काँग्रेसका आचार्य प्यानलै विजयी, एमाले तेस्रो

१ जेठ, धरान । नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेद्वार यज्ञमणी आचार्यको प्यानलले नै धरान उपमहानगरपालीका वडा नम्बर १ मा बिजय हाँशिल गरेको छ ।
महिला सदस्यमा सहिसा कसजु श्रेष्ठ, दलित महिलातर्फ रिता सुन्दास, वडा खुल्ला सदस्य बिनोद मानन्धर, उज्जल बास्तोलाले विजय हाँशिल गरेका छन् ।
धरान उपमहानगरपालीकाको मेयरमा किशोर राईको अग्रता रहिरहेका बेला वडा नम्बर १ मा काँग्रेस बिजय भएको हो ।
वडाध्यक्षमा आचार्यले ७५७ मत ल्याएर भारी मतका साथ बिजय हुन सफल भए । यस्तो नेकपा एमालेका उम्मेद्वारले १७७ मत ल्याएर तेस्रो स्थान कायम गरेका छन्, राप्रपाले ७०३ मतका साथ दोस्रो स्थान कायम गर्न सफल भएको छ ।