प्रदेश 1

काँग्रेस केन्द्रीय सदस्य कोईरालाको वडा इनरुवा १ मा प्रमोद पोख्रेलको प्यानल नै बिजयी

१ जेठ, काठमाडौं । इनरुवा नगरपालीका वडा नम्बर १ को अध्यक्षमा प्रमोद पोख्रेल, वडा सदस्यमा कमला खतिवडालगायत प्यानल नै विजयी भएका छन् ।
नेपाली काँग्रेसको प्रदेश नम्बर १ संसदीय दलका नेता, केन्द्रीय सदस्य राजीव कोईरालाको वार्ड पर्ने इनरुवा १ मा पोख्रेल आफ्नो प्यानल नै जिताउन सफल भएका हुन् ।
इनरुवा नगरपालीकाको मेयरमा काँग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारी प्रतिस्पर्धामा छन् ।
भण्डारीले नेकपा एमालेकातर्फबाट मेयरका प्रत्यासी बनेका सरोज पोख्रेललाई पछाडी पारेका छन् ।