प्रदेश 1

सङ्खुवासभामा सभापोखरीको अध्यक्षमा काँग्रेसका भीमबहादुर विजयी

१ जेठ, संखुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएक छन् । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी भएका हुन् ।

विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गर्नुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गरेका छन्  । सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष हुन् । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गरेका छन् । 

त्यस्तै वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मत प्रप्त गरेका छन् । वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी भएका छन्  । कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत ल्याएर पाराजित भएका हुन्  । उनी यसअघि वडाध्यक्ष थिए  । वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी भएका छन् । 

त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गरेका छन्  । वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गरेका छन् । 

वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी हुनुभएको छ  भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याउएका छन्   । सुब्बा यसअघिका वडाध्यक्ष थिए । वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम (लिम्बू)ले ६७९ ल्याएर विजयी भएका छन्  भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पाराजित भएका छन् । सङ्खुवासभामा १० स्थानीय तहमध्ये आठ स्थानीय नेकपा एमाले तहमा पाँच दलीय गठबन्धन भएको थियो भने दुई स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा भएको छ ।