३ जेठ, तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अर्जुनकुमार माबोहाङ पुनःनिर्वाचित भएका छन । नेकपा (एमाले)का उम्मेदवार गणेश सेनेलाई एक हजार ७९५ मतको अन्तरले पराजित गर्दै माबोहाङ पुनः नगरप्रमुख निर्वाचित भएका छन । माबोहाङले पाँच हजार १३९ मत प्राप्त गरी विजयी हुँदा सेनेले तीन हजार ३४४ मात्र मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय लालीगुराँसले जनाएको छ ।
नगर उपप्रमुखमा पनि कांग्रेसकै जमुना मगर कार्की चार हजार ८८७ मत प्राप्त गरी विजयी भए । उनले एमालेका उम्मेदवार छविमाया तिम्सिनालाई एक हजार २९३ मतान्तरले पराजित गरेका छन । कांग्रेसले लालीगुराँस नगरपालिकाका वडा नं २, ३, ४, ७, ८ र ९ मा विजय हासिल गरेको छ । एमालेले वडा नं १ र ६ तथा ५ मा एमालेकै सहयोगमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् ।





