प्रदेश 1

इनरुवाको मेयरमा भण्डारी र उपमेयरमा मेहता भारी मतान्तरसहित विजयी

४ जेठ, काठमाडौं । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालीको मेयरमा नेपाली काँग्रेसले भारी मतान्तरले विजयी भएका छन् ।
१० वटा वडा रहेको इनरुवामा १, २, ३, ४, ५ऽ ६, ७, ८, ९, १० वडाको मत गणना गर्दा सुनसरी काँग्रेसको सभापतिसमेत रहेका भण्डारीले भारी मतान्तरले विजयी भएका छन् ।
नेपाली काँग्रेसका उम्मेद्वारलाई पछ्याउँदै नेकपा एमालेका सरोज पोख्रेल पराजित भएका छन् ।

इनरुवा नगरपालीकाको उपमेयरमा बिनिता कुमारी मेहता पनि भारी मतले विजयी भएकी छन् । मेहतालाई एमालेकी शाह जादी प्रबिणले पछ्याईरहेकी थिईन् । मेयर र उपमेयरमा इनरुवामा काँग्रेसको भारी मतको अग्रता छ ।
१० वटा वडा भएको इनरुवा नगरपालीकाको अधिकाँस वडामा काँग्रेसले बिजय गरेको छ । विजयी भएका उनीहरुको अन्तिम मतपरिणाम भने घोषणा गरिएको छैन ।

आज साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिताकुमारी मेहता विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेललाई दुई हजार ७७१ मतान्तरले पराजित गर्दै भण्डारी नगरप्रमुखमा निर्वाचित भए । भण्डारीले ११ हजार ६१६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले नौ हजार ५३ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का सहजादी प्रवीणलाई एक हजार ९१८ मतान्तरले पराजित गर्दै मेहता विजयी भए ।