प्रदेश 2

निजगढ नगरपालिकामा एमालेका प्रमुख, उपप्रमुख विजयी

४ जेठ, कलैया । बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी प्राप्त गरेका निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले आठ हजार ५१८ मत मात्र प्राप्त गरे ।