प्रदेश 2

विष्णुपुरको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस निर्वाचित

५ जेठ, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेशप्रसाद यादवले तीन हजार १६४ मत प्राप्त गरी विजयी भएका छन ।

उनी निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष लिलम्बर यादवले दुई हजार ८११ मत प्राप्त गरेका निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका रेणुकुमारी मण्डलले तीन हजार ३६५ मत प्राप्त गरी निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जसपानेपालका उम्मेदवार उषाकुमारी साहले तीन हजार ४६ मत प्राप्त गरे ।