प्रदेश 2

बाराको कोल्हवी नगरपालिकामा कांग्रेसको मेयर र उपमेयर दुवै विजयी

६ जेठ, बारा । बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नगरप्रमुखमा  रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित  भएका हुन्  । चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० बढी मतान्तरले हराएका हुन्। चौधरीले नौ हजार १०५ तथा भण्डारीले आठ हजार ३०७ मत ल्याए । 

यस्तै उपप्रमुखमा एमालेकी सुनैना थरुनीलाई ६०० बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले जित हासिल गरेका छन्  । लक्ष्मीले नौ हजार ८८ तथा सुनैनाले आठ हजार ४८३ मत प्राप्त गरेका छन् । विसं २०७४ मा कोल्हबी नगरको प्रमुखमा एमालेका भण्डारी र एमालेकै थरुनी निर्वाचित भएका थिए  ।