अन्तर्राष्ट्रिय

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा नरहेको सूचना

८ जेठ, टोकियो । जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ ।जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार सुनामीको खतरा भने देखिएको छैन । आइतबार दिउँसो भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सुचना जारी गरिएको समाचारमा जनाइएको छ ।

उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छैन । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन् ।