लुम्बिनी

रोल्पामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु तीन घाइते

१० जेठ, रोल्पा । रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । सदरमुकाम लिवाङवाट माडीचौरतर्फ जाँदै गरेको रा१ ह ४३४७ नम्बरको सो अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी अटो चालक रोल्पा–२ का २९ वर्षीय महेश कँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

घाइते रोल्पा–७ माडीचौरका ५३ वर्षीय दलबहादुर पुनको बायाँ हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने ५२ वर्षीय जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ । सोही ठाउँ बस्ने ४७ वर्षीय सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।