मनोरञ्जन

वियोगान्त प्रेमकथामा साबिता कार्कीको “आत्मा अन्तै” सार्वजनिक

१४ जेष्ठ, काठमाण्डौँ । वियोगान्त प्रेम भावमा नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त विगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको गीत सार्वजनिक भएको छ । उनकै प्रस्तुतिमा केहि समय अगाडी मात्र “बाँसको घारीमा”बोलको गीत सार्वजनिक भएको थियो ।

निकै घत लाग्दो शैलीमा तयार भएको गीतले जो कोहीलाई पनि सोचनीय आवस्थामा पुर्याउने छ । प्रस्तुत गीतलाई लय कमल शुसान्त केसीले तयार पारेका हुन् भने शब्द गायिका एवं मोडल सबिता कार्कीको नै रहेको छ । सुनिता बुढा क्षेत्री, कमल शुसान्त केसी र सबिता कार्कीको सुमधुर स्वरले सजिएको गीतको म्युजिक भिडियोमा आशिर प्रताप जङ्ग, सबिता कार्की, राम लोहनी र गोमा न्यौपानेको अभिनय रहेको छ । कार्कीको यस प्रस्तुतिलाई अशंख्य श्रोता तथा दर्शकहरुले रुचाउने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

सर्जक तथा मोडल सविताले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो कलाकारिता यात्रालाई उचाई तर्फ लम्काईसकेकी छिन् । सबिता कार्कीको स्वर समेत मिश्रण रहेको “आत्मा अन्तै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका छन् । शुसिल डाँगी द्वारा छायांकन भएको यस गीतको भिडियोलाई सम्पादन भने दिपक विष्टको रहेको छ । गीतलाई सबिता कार्की सामरी नामको युट्युब च्यानाल मार्फत सार्वजनिक गरिएको छ ।