पर्यटन/संस्कृति

ज्ञानेन्द्र शाहीको मागः बिदेशमा पुरानो भयो भनेर थन्काईएका हवाईजहाज नेपालमा ल्याएर उडाउन बन्द गरियोस्

१६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एबम् भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले नेपाल सरकार लाई हार्दिक अनुरोध गर्दै बिदेशमा पुरानो भयो भनेर थन्काईएका हवाईजहाज नेपालमा ल्याएर उडाउन बन्द गरियोस् भन्ने माग गरेका छन् ।
मुस्ताङमा भएको हवाईजहाज दुर्घटनामा परि ज्यान गुमाउनेहरुलाई हार्दिक श्रद्धाञ्जली र परिवार प्रती हार्दिक सम्बेदना दिँदै अभियान्ता शाहीले उक्त माग गरेका हुन् ।

शाहीले नेपाल सरकारले २० बर्ष पुराना सडकमा गुड्ने गाडिलाई बिस्थापित गर्न लाउछ तर ४० बर्ष पुरानो आकाशमा उड्ने प्लेनलाई बिस्थापित गर्दैन् र यस्तो घटना दोहोरि रहन्छ भन्ने टिप्पणी गरेका छन् ।
उनले आईतबार बिहान मुस्ताङको जोमसोम जान पोखराबाट गएको तारा एयरको बिमान दुर्घटना भएर क्षतबिक्षत भई चालक दलका तीन सदस्यसहित २२ जनाको ज्यान गएको घटनालाई जोड्दै उक्त कुरा बताएका हुन् ।
प्रवक्ता शाहीको टिप्पणीः
मुस्ताङमा भएको हवाईजहाज दुर्घटनामा परि ज्यान गुमाउनेहरुलाई हार्दिक श्रद्धाञ्जली र परिवार प्रती हार्दिक सम्बेदना।।।
नेपाल सरकारले २० बर्ष पुराना सडकमा गुड्ने गाडिलाई बिस्थापित गर्न लाउछ तर ४० बर्ष पुरानो आकाशमा उड्ने प्लेनलाई बिस्थापित गर्दैन् र यस्तो घटना दोहोरि रहन्छ । त्यसैले नेपाल सरकार लाई हार्दिक अनुरोध छ बिदेशमा पुरानो भयो भनेर थन्काईएका हवाईजहाज नेपालमा ल्याएर उडाउन बन्द गरियोस।।