मनोरञ्जन

राजेश पायल राईको स्वरमा ‘सुम्निमाको देशैमा’ सार्वजनिक

२० जेठ, काठमान्डौँ । राजेश पायल राई र गायिका पुर्णिमा ठटालको स्वरमा ‘सुम्निमाको देशैमा’ रहेको ठेट पुर्वेली लोक गीतकोे भिडियो लिम्दुमी क्रियसन मार्फत बजारमा सार्वजनिक भएको छ ।

मृदृल आङबो को शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । किराँत , राई लिम्बुको समुदायको सस्कार र सस्कृतिमा आधारित भएकोले पनि आम दर्शक तथा स्रोताले निकै मन पराउनेमा आफु आशावादी रहेको गायिका पुर्णिमा ठटालले बताइन । दुर्गा बान्तवाको छायाँकन , मनोज राईको सम्पादनमा भिडियो लाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा राजेश पायल राई र पुर्णिमा ठटालले फिचरिङ गरेका छन ।