मनोरञ्जन

डि आर अटुको संगीतमा बविना किराँतीको ‘माया पिरिम’ सार्वजनिक

२० जेठ, काठमाण्डौ । गायिका बविना किराँतीको आवाजमा रहेको ठेट पुर्वेली लोक गीत ‘माया पिरिम’ गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत बजारमा सार्वजनिक भएको छ ।

ग्रामिण समाजको बास्तविक भोगाई र ग्रामिण परिवेशमा आधारित रहेर गीतमा माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा माया र प्रेमका भावहरुलाई निकै आकर्षक रुपमा वर्णन गरिएको छ । आफनो मायालाई झम्के साझँमा भेटने अपेक्षा गरिएको छ । डि आर अटुको शब्द तथा संगीत संयोजन गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।