अन्तर्राष्ट्रिय

नाटो महासचिवसँग रुस –युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको छलफल

२० जेठ, वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गसँग रुस र युक्रेनबीचको युद्धका कारण उत्पन्न परिस्थिति, त्यसको प्रभाव र सुरक्षाबारे छलफल गरेका छन ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रकमला ह्यारिसले यसै महिनाको अन्त्यमा म्याड्रिडमा हुने नाटो शिखर सम्मेलनको तयारीका सन्दर्भमा महासचिवसँग छलफल गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“उहाँहरूले नाटो सदस्यताका लागि फिनल्याण्ड र स्वीडेनको आवेदनको स्वागत गर्नुभयोे, राष्ट्रपतिले सबै सहयोगीहरूको सुरक्षा चिन्तालाई सम्बोधन गर्ने द्रुत पहुँच प्रक्रियालाई सहज बनाउन महासचिव स्टोल्टेनवर्गले गरेको प्रयासको दृढ समर्थन गर्नुभयो,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले महासचिव स्टोल्टेनबर्गसँग बेग्लै भेटवार्ता गरेका छन । यसैबीच, अमेरिकी वाणिज्य विभागको ब्यूरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी (बीआईएस) ले आज एक सूचना जारी गरी विमान र जहाज निर्माण कम्पनीसहित ७१ नयाँ कालोसूचीमा परेका रूसी संस्थाहरूको नाम प्रकाशन गरेको छ ।