अन्तर्राष्ट्रिय

उडान अवरूद्ध गरिएको रूसी विमानबारे कुटनीतिक विवादमा श्रीलङ्का

२१ जेठ, कोलम्बो । एयरोफ्लोट विमानलाई पक्राउ गर्ने निर्णयको पछाडि द्वीपहरूको राष्ट्र, श्रीलङ्काको सरकार नरहेको श्रीलङ्काको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ ।

रूसले सो कदममाथि कूटनीतिक विरोध गरेपछि कोलम्बोस्थित सो विमानस्थलले यसमा सरकारी सम्लग्नता नरहेको दावी गरेको छ ।

राजधानी कोलम्बोको एक अदालतको बिहिबारको निर्देशनपछि मस्कोबाट आएको एयरबस ए–३३० सोही दिन बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो ।

उडान नम्बर एसयू–२८९ मा सवार १९१ यात्रु र १३ जना चालक दलसहितको विमान रूसको राजधानी फर्किन लागेको समय विमानस्थलमा रोकिएको थियो ।

रूसी राज्य समाचार एजेन्सी (तास) का अनुसार रूसी विमान श्रीलङ्कामा रोकिएपछि यसबारे विरोध र सोधपुछका लागि मस्कोमा रहेका श्रीलङ्काका प्रमुख कुटनीतिक प्रतिनिधिलाई शुक्रबार रूसी विदेश मन्त्रालयमा बोलाइएको थियो ।

तर बन्दरानाइके विमानस्थल सञ्चालन गर्ने विमानस्थल प्रशासन तथा उड्डयन सेवा कार्यालयले विवाद ‘केवल व्यावसायिक प्रकृतिको’ रहेको र यो राज्यको सहभागिताको अधीनमा हुन नहुने बताएको थियो ।

आयरल्याण्डको सेलेस्टेरियल एभियसन ट्रेडिङ १० लिमिटेडले दर्ता गरेको व्यावसायिक विवादको जवाफमा विमानलाई कोलम्बो कमर्सियल कोर्टको आदेशमा रोकिएको उड्डय प्रशासनले जनाएको छ । मुद्दाको सुनुवाइ आगामी बुधबार हुने बताइएको छ ।

विमान कोलम्बोको उत्तरमा रहेको बन्दारानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ र यसका यात्रुहरूलाई होटलमा राखिएको छ ।

मस्कोले यूक्रेनमा आक्रमण गरेकोमा कठिन पश्चिमी प्रतिबन्धपछि मार्चमा एरोफ्लोटले सबै अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गरेका थियो तर अर्को महिनामा कोलम्बोका लागि उडान आरम्भ गरिएको थियो ।

रूसको नागरिक उड्डयन निकायले विदेशी मुलुकमा दर्ता भएका भाडाका विमान सञ्चालन गर्ने एयरलाइन्सलाई प्रतिबन्धबाट बच्न अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो । उडान एसयू–३८९को नियन्त्रण ती प्रतिबन्धहरूसँग सम्बन्धित छ कि छैन भन्ने अझै स्पष्ट भइसकेको छैन ।