प्रदेश 2

करेण्ट लागेर महिलाको मृत्यु


२२ जेठ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा करेण्ट लागेर एक महिलाको आज मृत्यु भएको छ ।

 शम्भुनाथ नगरपालिका–४ कठौनामा करेन्ट लागेर स्थानीय ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पङ्खाको तार जोड्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएकी खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।