२३ जेठ, काठमाडौं । नेपाली काँग्रेस सुनसरीले बैसाख ३० गतेको स्थानीय तह निर्बाचनमा १२४ वडा, १२ स्थानीय पालीकाका सबै तहमा काँग्रेसका आधिकारीक उम्मेद्वार बिरुद्धमा उम्मेद्वारी दिने, हराउन लागि पर्ने बिद्रोहीहरुको नामावली जिल्लामा पठाउन निर्देशन दिएको छ ।
पार्टी जिल्ला सचिव बिरेन्द्र शाहले एक बिज्ञप्ती जारी गर्दै त्यस्तो बागी वा बिद्रोही वा काँग्रेसका आधिकारीक उम्मेद्वार बिरुद्ध जानेलाई कारबाही गर्ने संकेतसहित परिपत्र गरेका छन् ।
नेपाली काँग्रेसले १२४ वटा वडामध्ये ४५ प्रतिशतको हाराहारीमात्र बिजय हाश्लि गरेको छ भने १२ वटा स्थानीय तहमा ७ वटामामात्र बिजय हाँशिल गरेको छ ।
अब आउँदै गरेको प्रतिनिधि सभा निर्बाचनमा चारैवटा क्षेत्र, प्रतिनिधि सभामा ८ वटै प्रदेशसभामा बिजयी हाँशिल गराउने उद्यदेश्यअनुरुप काँग्रेसले जिल्लामा अनुशासन उलँघन गर्नेका बिरुद्ध कारबाही प्रकृया अघि बढाउने संकेतस्वरुप गृहकार्य अगाडी बढाएको छ ।