अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

३० जेठ, संयुक्त राष्टसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ ।उनीहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको संयुक्त राष्टसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन । साथै उनीहरुका बीच इरानी आणविक सम्झौतका विषयमा पनि आवश्यक छलफल भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्यवाद पनि दिएका समाचारमा जनाइएको छ ।
त्यसैगरी शक्ति राष्ट्रहरुसँगको इरानको आणविक सम्झौतका बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको समाचारमा जनाइएको छ ।