१३ वैशाख, काठमाडौं । विज्ञान बुढाको उपचारका लागि अहिलेसम्म ६८ हजार ६२६ रुपैयाँ रकम संकलन भएको छ ।
दुग्द विकास संस्थानमा कार्यरत तथा आर आर क्याम्पस राजनीति शास्त्र चौथो सेमेस्टरमा अधययनरत खिम बुढा मगरका शुपुत्र विज्ञान बुढालाई ब्लड क्यानसर भएपछि उनको उपचारमा आर्थिक अभाव भयो भन्ने सुनेपछि विज्ञानलाई बचाउन अभियान थालिएको हो ।
चौथो सेमेस्टरको परीक्षा सकिएपछि छोराको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली राजिव गान्धी क्यान्सर हस्पिटल, सेक्टर–छ, रोहिणी पश्चिममा चेक गरेपछि विज्ञानलाई क्यानसर भएको पुष्टी भएको खिम बुढाले जानकारी दिए ।
विज्ञान उक्त अस्पतालमा हेमातो अनकोलोजी केयर बेड नम्बर ३६५७ ‘ए’ मा उपचारतः छन् । ब्लड क्यान्सर पीडित विज्ञान बचाउ अभियानका संयोजक बाबुराम आचार्यले आर आर क्याम्पस चौथो सेमेस्टरका बिद्यार्थीको अभियानबाट वा खिम बुढाको क्यूआरमा सोझै रकम सहयोग गर्न सकिने बताए । कलेजमार्फत सहयोग गर्दा कोषाध्यक्ष तपेन्द्र बहादुर थापाको क्युआर कोडमार्फत सहयोग गर्न संयोजक आचार्यले अनुरोध गदै परेको बेलामा सबैले सहयोगी भावना राख्नुपर्ने भन्दै सबैलाई सहयोग कार्यमा जुट्न आग्रह गरे ।
केहीदिनमा नै संकलित रकम खिम बुढाको खातामा जम्मा गरिने कोषाध्यक्ष तपेन्द्र थापाले जानकारी दिए । सहयोग संकलन कार्यक्रममा निलकण्ठ गौतम, थानेश्वर बन्जाडे, कमला खनालल, विशाल कार्की, गणेश बिँडारीगायतका सबै साथीहरुले सकृता देखाएको कोषाध्यक्ष थापाले जनाए ।
रुकुम घर भई परिवारसहित काठमाडौं बस्ने खिमले छोरालाई चेकजाँचपछि क्यान्सर लागेको पुष्टी भएपछिलेखेका छन्ः
प्यारो छोरा विज्ञान ,
हामी विज्ञान तथा प्रबिधि को युगमा छौ।
तिम्रो स्वास्थ्यमा बल्ल आजदेखि युद्ध सुरु हुँदैछ ।
यस युद्धमा तिमीले विभिन्न मिसाईल तथा अस्त्रहरुको सट्टा विभिन्न शक्तिशाली रसायनहरु तिम्रो शरीरमा प्रयोग हुँदैछ,यो युद्धको फ्रन्ट लाईन अर्थात तिमी रहनेछौ भने तिमीलाई आवश्यक पर्ने रासायनिक हतियार पास गर्नेहरु तिम्रा बाबा आमा,आफन्त,घरपरिवार, शुभचिन्तक रहने छौ ।
जन्मेदेखी १६ बर्षको यो उमेर सम्म तिम्रो शरीरमा कैलेपनि फिजियोथेरापी गर्न परेको छैन।
तर बिडम्बना एक्कैपटक केमोथेरापी गर्न पर्ने बाध्यता आइपरेको छ । केमोथेरापी गर्दा पुग्न सक्ने असरहरुका बारेमा आँखा चिम्लेर मैले हस्ताक्षर गरि सकेको छु ।
तिम्रो परिक्षाको घडी सुरु भैसकेको छ।
चरणबद्द रुपमा दिईने छ वटा किमोथेरापीको निकै कडा सामना गर्नुपर्छ। खासमा त्यो सामना तिमीले नभै तिम्रो शरीर भित्र रहेका क्यान्सर कोशिकाहरु परास्त गर्न बाह्य रासायनिक हमला गर्न तिम्रो शरीर का विभिन्न अंग प्रयोग गरिंदैछ ।
जबदेखी तिम्रो लागि भनेर सामाजिक संजालमा सहयोगको अपिल मागे, तिम्लाई थाह छैन तिम्रा बाआमा,आफन्त तथा घरपरिवार दिनरात, घामपानी नभनी देश भित्र तथा बाहिर सब तिर खटिरहनुभएको छ।उहाँहरुले पठाउनु भएका आर्थिक सहयोगका नोटिफिकेशन बारबार मोबाइलमा आईरहेकाछन, यस्तो लाग्दैछ ती आवाजहरु क्यान्सर कोशिकाहरु परास्त गराउने हातहतियार का रुपमा कक गर्दैहुनुहुन्छ आफन्तहरु।
तिम्रा लागि आफन्तहरु आर्थिक संकलन तथा शुभेक्षा प्रकट गरेका पोष्टहरु एक एक गरि सेभ गरि राखेको छु। ती सबै गतिबिधीहरु तिम्लाई क्यान्सर संगको लडाईमा परास्त गर्ने महत्त्वपूर्ण रासायनिक हतियार हुन् ।
यस अबधीमा आर्थिक सहयोग संकलन गरिरहनुहुने तिम्रा भगवान रुपी आफन्तहरु नामरवतनरठेगानारसहयोग रकम तिम्रा लागि भनेर स्वर्ण लिपी झै छपाएर सुरक्षित राखेको छु । सामाजिक संजालमा क्रमिक रुपमा राख्दै जानेछु ।
छोरा,
आफन्त,घरपरिवार तथा शुभचिन्तक लाई जुन बाचा तथा बिश्वास दिलाएर लडाईमा तिमी अघि बढेका छौ आशा त तिमीले त्यो बिश्वास गुमाउने छैनौ, बाचा तोड्ने छैनौ ।
सहयोग तथा सम्पर्कः
…………….
बिरामीको नामः बिज्ञान बुढामगर
उमेरः १६ बर्ष
अहिलेसम्म राजनीति शास्त्र चौथो सेमेस्टर अध्ययनरत विद्यार्थीहरुको तर्फबाट संकलित रुकम
१.थानेश्वर बञ्जाडेः रु. १० हजार
२.आश्मा केसीः रु.५, ५००
३.कमला खनालः रु. ५, ००५
४.केशवजंग खत्रीः रु.५००५
५.निलकण्ठ गौतमः रु. ३, १००
६. डा कृपाराम बिश्वकर्माः रु.३०१५ (बिभागीय प्रमुख)
७.गणेश बिँडारीः रु.३०००
८.उन्नती कँडेल आचार्यः रु.२५०५
९.निमेश कुमार ओलीः रु.२५०१
१०जयन्ता पोख्रेलः रु. २०००
११.विशाल कार्कीः रु. २०००
१२भेषराज घिमिरेः रु.१०००(शिक्षक)
१३.बाबुराम आचार्यः रु १०००
१४.तपेन्द्र बहादुर थापाः रु. १०००
१५. हिमाल चन्द्र बराल: रु १००० (राजनीतिशास्त्र दोस्रो सेमेस्टर)
१६.सुनिता गौतमः रु. १०००
१७.उमेश भण्डारीः रु.१०००
१८.डा टीका ढकालः रु. १०००
१९. सोम सेढाईँः रु.१०००
२०.सुरज नेपालः रु.१०००
२१.सुजन ढुंगेलः रु १०००
२२.गिता गमालः रु १०००
२३.बिना न्यौपानेः रु १०००
२४ जगदीश पोख्रेलः रु.१०००
२५.रविन्द्र श्रेष्ठः रु. १०००
२६.रिना खनालः रु. १०००(नुवाकोट, प्रेश यूनियन, उपसभापति)
२७.लाक्पा तामाङः रु. १०००
२८.सागर तिमिल्सिनाः रु.१०००
२९.राजकुरमार ढकाल रु.१०००
३०.फुर्वा सेर्वा रु.१०००
३१.सुनम अधिकारीः रु.१०००
३२.सबिन रु.१०००
३३.राजाराम केसीः रु. १००१
३४ स्वीकृति खनालः रु १०००
अहिलेसम्म संकलित जम्मा रकम ६८ हजार ६२६
