अन्तर्राष्ट्रिय

अफगानिस्तानद्धारा साउदी अरेबियाको सहयोगको स्वागत

३० जेठ, काबुल । अफगानिस्तानले साउदी अरेबियाको सहयोगको स्वागत गरेको छ । साउदी अरेबियाले हालै अफगानिस्तानलाई ३ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको थियो ।

सो सहयोगप्रति अफगानिस्तानको सरकारले स्वागत व्यक्त गरेको हो । अफगानिस्तानको काम चलाउ सरकारको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेको छ ।

अफगानिस्तानको इस्लामिक विकास बैंकमा साउदी अरेबियाले सो सहयोग उपलब्ध गराएको थियो । उक्त सहयोग अफगानिस्तानलाई उपलब्ध गराइने मानवीय सहायता अन्तर्गत दिइएको साउदी अरेयिबा सरकारले जनाएको छ ।

अफगानिस्तानमा हाल तालिबान सरकार छ । यो सरकारलाई मान्यता नदिएकाले पश्चिमा देशहरुबाट अपेक्षित सहयोग आएको छैन । यसैकारण पनि हाल अफगानिस्तान आर्थिक रुपमा कमजोर अवस्थामा पुगेको छ ।