अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्रीद्धारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती


३० जेठ, इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् । अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेबारी लिन नपाई प्रधानमन्त्री पदबाट वाहिरिएका खानले आफैलाई विस्थापित गरेका वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका हुन् ।

पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरे । अहिले भइरहेको गठवन्धन सरकारमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असंभव रहेको उनको भनाई छ ।

आगामी निर्वाचनपछिको नतिजामा गठवन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठूलो अन्तर हुने पनि पूर्व प्रधानमन्त्री खानले दाबी गरे। उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे ।

सरकारका गलत क्रियाकलापका बारेमा आफ्नो पार्टीले सर्बोच्च अदालतबाट कानुनी उपचार खोज्ने उनले जानकारी दिए ।आफुले कोरोना भाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए।