पर्यटन/संस्कृति

त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा गरियो विमान दुर्घटना उद्धारको पूर्वाभ्यास

१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटना उद्धारको ड्रिल (पूर्वाभ्यास) गरिएको छ । विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्वाभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

सो क्रममा नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकको टोलीले पूर्वाभ्यास गरेको थियो । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास कार्यका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो । यसरी गरिएको उक्त पूर्वाभ्यासले एक छिन त साँच्चिकै दुर्घटना भयो कि भन्ने भानसमेत परेको थियो ।