मनोरञ्जन

भक्त प्रधानको ‘रुदा रुदै’ सार्वजनिक

३ असार , काठमाडौंँ । ‘पीर’ गीत जस्तै सामाजको यर्थाथ माथि प्रहार गरिएको अर्काे ससक्त गीत ‘रुदा रुदै’ सार्वजनिक भएको छ । गायक भक्त प्रधानको स्वरमा सार्वजनिक गीतले एकल महिलाको आवाज बेजोड रुपमा उठाएको छ ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । सुरविर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय रहेको छ । भिडियोले दलित र बाँहुन समुदायको प्रेम र एकल महिलाको पिडा देखाएको छ ।
महिला तथा एकल महिलाको आवाज उठाउने एन्जियोर आइएन्जियो शहर केन्द्रित भएको कारण गाउँघरमा एकल महिला अझै दर्दनाक पिडा भोग्न बाध्य भएको कथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् ।
एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियो मार्फत आफुले दिन खोजेको निर्देशक कोइरालाले बताए ।

‘महिलाको विषयमा काम गर्ने विभिन संघसंस्था छन् । ति सबै शहर केन्द्रीत बढी देखिन्छ’ निर्देशक कोइरालाले भने ‘एकल महिलाको विषयमा कामगर्ने संस्था पनि दुर्गम पुग्न सकेको छैन ।’ भिडियोले महिलाको विषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पुर्याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ ।
भिडियोले एकल महिलाले जिन्दगी जोसँग काट्न मन छ । त्योसँग काट्न समाज किन बाधक ? भन्ने पश्न समेतउठाएको छ । नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्जर राजु कार्कीले गरेका हुन् ।
दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योब माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो ।