गण्डकी प्रदेश

जिसस पाल्पामा एमालेको प्यानल नै विजयी

 ४ असार, पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा काशिका गैरे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन्