मनोरञ्जन

बुवाको गीतबाट सिल्भियाले गरिन अभिनयमा ‘डेब्यु’


४ असार, काठमाडौँ । गायक सचिन रौनियारकी छोरी सिल्भिया रौनियारले अभिनयमा डेब्यु गरेकी छिन् । आफ्नै बुवा सचिन रौनियारको गीत ‘‘किन हर हर’’ (पपया भर्सेज जिलेट) बाट म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् ।
दीपक शर्माको शब्द र सगीत रहेको गीतको भिडियोमा सिल्भियाको साथमा सुनिल छेत्रीको पनि अभिनय रहेको छ सचिन र
गायिका अस्मिता अधिकारीको पनि युगल स्वर समाबेश गीतको भिडियोलाई सुनिल छेत्रीले नै निर्देशन गरेका हुन् जसमा दुर्गा पौडेलको सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ।
छोरीसँग सहकार्य गरेका र आफ्नै युट्युब मार्फत गीत सार्वजनिक गरेका यो गीत उनका लागि विशेष छ। अन्य गीतमा जस्तै स्रोताहरुको माया र आशीर्वाद पाउने अपेक्षा राखेको गायक सचिनले बताएका छन् ।
गायनमा करिब ३ दशक बिताईसकेका सचिनले बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ’सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् भने धेरै गीतहरु दर्शक माझ लोकप्रिय छन् ।