६ असार, काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य बढे सँगै सार्वजनिक सवारी साधनको भाडा पनि बढेको छ ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।
विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको जनाएको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत राखिएको छ ।





