गण्डकी प्रदेश

कान्जी हाउस कुनै नर्कभन्दा कम देखिँदैन

७ असार, पोखरा । पोखरा महानगरपालिका वडा नं.१४, बाच्छेबुडुवामा अवस्थित ल्याण्डफिल साईट नजिकै टिनको टहरोले बनाइएको कान्जी हाउस, अर्थात्, छाडा चौपायालाई आश्रय दिएर राखिने स्थान । पोखराको यो कान्जी हाउसमा पुग्दा लाग्छ कुनै आश्रय स्थल होइन, पोखरा महानगरपालिका कार्यालयले एक हप्ता अघि जेठ २६ गते एकैदिन ८० वटा छाडा चौपायालाई पोखराको सडकबाट उठाएर कान्जी हाउसमा लगेर राखियो भनेर सगर्व प्रचार गरेको थियो । तर, ती चौपायासहित झण्डै २३० गाईबहरको अवस्था हेर्दा कान्जी हाउस कुनै नर्कभन्दा कम देखिँदैन । त्यहाँ गएर हेर्ने हो भने वर्षातको बेला छ, गोबरले हिलाम्मे छ ।

पोखरा महानगरपालिका हाँक्न धनराज आचार्य आएपछि छाडा चौपायामुक्त शहर बनाउने प्रतिबद्धता अनुरुप सडकका गाईगोरु व्यवस्थापन गर्ने काम सुरु त गरियो तर कान्जी हाउस लगेर छाडेका गाईको व्यवस्थापनमा थोरै ध्यान समेत उनले दिएनन् ।