मनोरञ्जन

यस्तो छ मल्टिस्टारर ‘लाखे’ को फर्स्टलुक

९ असार, काठमाडौं । मल्टि स्टारर फिल्म ‘लाखे’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । ३१ भदौमा प्रदर्शन हुने फिल्मको बिहीबार सामाजिक संजालमार्फत डरलाग्दो पोस्टर दर्शक माझ ल्याइएको छ । पोस्टरमा चार जना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनिक सँगै फिल्मबारे कौतुहलता
बढेको छ । पोस्टरले ‘लाखे’ सस्पेन्स–थ्रीलरले भरिएको इगीत गर्दछ । सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अर्पण थापा,आर्यन अधिकारी,अनुप बिक्रम शाही,वर्षा राउत,सुशील सिटौला,प्रशान्त ताम्राकार,रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ । ‘लाखे’ भरपुर मनोरञ्जक बनेको जानकारी निर्देशक सम्राटले दिएका छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको टिजर केही समयमै सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।