गण्डकी प्रदेश

चालु आवमा एक हजार मेट्रिक टन मल वितरण


९ असार, दमौली । कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए ।

कार्यालयमा हाल ५२.५५ मेट्रिक टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया, डिएपी र कृषि चुन मल अभाव रहेको शर्माले बताए । चालु आर्थिक वर्षमा ६२४.४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४.३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ ।

कार्यालयमा सुरुमा १४१.४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो । त्यस्तै ११७.३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ । धान रोपाइँ सुरु भइसक्दा युरिया, डिएपी मल अभाव हुँदा किसान मर्कामा परेका छन् । अधिकांश ठाउँका किसानले मलबिना नै रोपाइँ सुरु गरिसकेका छन् ।

कार्यालयले जिल्लाका दशवटै स्थानीय तहमा रहेका डिलरमार्फत् मल बिक्री वितरण गर्दै आएको छ । आँबुखैरेनीबाट ५०.५, घिरिङबाट १४.५०, देवघाटबाट ७.२५, भानुबाट २१५.४५, भिमादबाट २०.७५, म्याग्देबाट १५.७, बन्दीपुरबाट २४.५, व्यासबाट २१४.७५ र शुक्लागण्डकीबाट १२२.७७५ मेट्रिक टन मल बिक्री वितरण भएको छ । आँबुखैरेनीस्थित चार वटा डिलरबाट ४३.२५ मेट्रिक टन युरिया, पाँच मेट्रिक टन डिएपी र २.२५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । घिरिङस्थित चार वटा डिलरबाट ११.२५ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी र ०.४ मेट्रिक टन पोटास मल वितरण गरिएको छ ।

देवघाटस्थित तीन वटा डिलरबाट ७.२५ मेट्रिक टन युरिया मल बिक्री वितरण भएको । भानुस्थित १८ वटा डिलरबाट १४४.८ मेट्रिक टन युरिया, ६०.४ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास र ३.२ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ । भीमादस्थित चार वटा डिलरबाट १२.८५ मेट्रिक टन युरिया, ६.२५ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । म्याग्देस्थित तीन वटा डिलरबाट ९ मेट्रिक टन युरिया, ६ मेट्रिक टन डिएपी, ०.७ मेट्रिक टन पोटास, बन्दीपुरस्थित छ वटा डिलरबाट १३.२५ मेट्रिक टन युरिया, ९.२५ मेट्रिक टन डिएपी र २ मेट्रिक टन पोटास मल वितरण गरिएको छ ।

व्यासस्थित २० वटा डिलरबाट १३९.४५ मेट्रिक टन युरिया, ६३.२ मेट्रिक टन युरिया र १२.१ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । शुक्लागण्डकीस्थित १२ वटा डिलरबाट ५३.२ मेट्रिक टन युरिया, ५६.४ मेट्रिक टन डिएपी, १३.१ मेट्रिक टन पोटास र ०.०७५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ ।

कार्यालयले तनहुँका अतिरिक्त लमजुङमा पनि मल बिक्री वितरण गर्दै आएको छ । लमजुङका ११२ डिलरबाट २५९.७७५ मेट्रिक टन मल वितरण गरिएको कार्यालयले जनाएको छ । लमजुङको मध्यनेपाल नगरपालिकाबाट सात वटा डिलरबाट ४३ मेट्रिक टन युरिया, १६.५ मेट्रिक टन डिएपी र २.७५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिकास्थित दुई वटा डिलरबाट ३.५ मेट्रिक टन युरिया, ०.७५ मेट्रिक टन डिएपी, ०.५ मेट्रिक टन पोटास र ०.२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ ।

राइनास नगरपालिकास्थित आठ वटा डिलरबाट ३८.२५ मेट्रिक टन युरिया, ६.५ मेट्रिक टन डिएपी, १.१ मेट्रिक टन पोटास, बेँसीशहर नगरपालिकास्थित छ वटा डिलरबाट ३३ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी, २ मेट्रिक टन पोटास र ०.६२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकास्थित १२ वटा डिलरबाट ७२.३५ मेट्रिक टन युरिया, ३३.९ मेट्रिक टन डिएपी, १.३५ मेट्रिक टन पोटास र ०.६ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ ।